पोखरा १३ का काँग्रेसका बागिले गरे उम्मेदवारी फिर्ताको घोषणा

पोखरा/पोखरा महानगरपालिका १३ नं. वडाका काँग्रेसका बागि उम्मेदवार बिष्णु बरालले उम्मेदवारी फिर्ता लिएको घोषण गरेका छन् । बुधबार एक बिज्ञप्ती जारी गर्दै बिष्णु बरालले आँफुले दिएको उम्मेबारी फिर्ता लिएको जानकारी गराउँदै नेपाली काँग्रेसका तर्फबाट वडा अध्यक्षका युवा उम्मेदवार किरण बराललाई सहयोग गरेको घोषणा गरेको थियो ।


पार्टीको वडामा रहेको किचलोको कारण बिष्णु बरालले वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । बरालले बिज्ञप्ती जारी गर्दै आफ्नो उम्मेदवारी नेपाली काँग्रेसका नेताहरुलाई सचेत बनाउनको लागि मात्र भएको र त्यसको औचित्य पुरा भएको भन्दै आफ्नो उम्मेदवारी फिर्ता भएको भन्दै नेपाली काँग्रेसको वडा अध्यक्षका उम्मेदवार किरण बरालसहितको टोलिलाई बिजय गराउन आग्रह पनि गरेका छन् ।

कमेन्टहरु
Loading...