पोखरा विमानस्थल निर्माण भएसंगै अन्तर्राष्ट्रिय उडान सञ्चालनको तत्काल पहल गर्न माग

पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएसंगै अन्तर्राष्ट्रिय हवाई उडान संचालनको लागि तत्काल पहल गर्नु पर्ने वत्ताहरुले माग गरेका छन् । रेडियो अन्नपूर्णले आज रेडियोमा आयोजना गरेको सरोकारवालासंगको सामुहिक छलफल कार्यक्रम द राउण्ड टेवल मा सहभागी वक्ताले विमानस्थल निर्माण भएसंगै त्यसलाई सञ्चालनको लागि अन्तर्राष्ट्रिय हवाई उडान गर्न तत्काल पहल गर्न आग्रह गरेका हुन् ।

पोखरा विमानस्थल निर्माण कार्य हालसम्म करिब ६६ प्रतिशत निर्माण कार्य सम्पन्न भएसंगै केही बाधा अड्चन आएकोले त्यसलाई सरोकार निकायले समयमै समस्या समाधान गर्न पनि वत्ताहरुले माग गरेका हुन् । पोखरा विमानस्थल कान्वयन इकाई परामर्श समितिका इन्जिनियर याम बहादुर भण्डारीले हालसम्म पोखरा विमानस्थल निर्माणको कार्य अन्र्तगत भौतिक प्रगती ७२ प्रतिशत सम्पन्न भएको बताए ।

तोकिएको समय सिमा भित्र उत्त योजनाको निर्माण कार्य सक्ने गरी हाल निर्माण कार्य दु्रत गतिमा अघि बढेको बताएका उनले हाल दैनिक जसो ३ सय चाइनिज र ४ सय जसो नेपाली कामदार उक्त योजनामा लागि परेको जनाए । पोखरामा ल्याण्ड फिल्ड साइडको व्यबस्थापन, इन्दन डिपो स्थापना, रिट्टेपानी डाँडा कटान, विमानस्थलमा बर्खायाममा आउने भलपानीलाई व्यवस्थापन गर्न, थप केही जग्गा अधिग्रहण गर्नुपर्ने लगायतका केही समस्या रहेको इन्जिनीयर भण्डारीले बताए । पोखराबाट अन्तर्राष्ट्रिय स्तरकै हवाई उडान हुने हुँदा अब पोखरा विमानस्थललाई क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको नाम जोडिराख्नु नपर्ने उनको भनाई थियो । वाइडबडी (ठूलो जहाज) ल्याउन धावन मार्ग भयर मात्र नहुने बताएका इन्जिनियर भण्डारीले अन्य भौतिक पूर्वाधार र चारैतर्फ थप जग्गा आवश्यक पर्ने बताए ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारीले देश संघियतामा गएसंगै अझै केन्द्रिकृत सोचले गर्दा यसको मारमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पर्न सक्ने आशंका व्यत्त गरे । विमानस्थल निर्माण कार्य सम्पन्न भए पनि यसले अन्तर्राष्ट्रिय हवाई उडानमा केही समस्या आउन सक्ने भएकाले त्यसको सामना गर्न सरोकारवाला पक्ष र मिडिया बढी चनाखो हुनुपर्ने उनको भनाई थियो ।

पोखरा विमानस्थल निमार्ण भएसंगै अब छिमेकी मुलुक चाइना र भारत लगायतका देशका केही सहरबाट सिधा हवाई सेवा पोखरासम्म जोड्दा पोखरा क्षेत्रलाई धेरै फाइदा हुने प्रमुख भण्डारीले दावी गरे । एभरेस्ट क्षेत्रभन्दा पोखरा अन्नपूर्ण क्षेत्रमा बढी पर्यटक आउने हुँदा पोखरा क्षेत्रमा अन्तर्राष्ट्रिय हवाई उडान भएसंगै यसले उडान चलायमान गराउन सक्ने प्रमुख भण्डारीले दावी गरेका छन् ।

८० प्रतिशत जसो नेपालमा विदेशी पर्यटक नेपाल भ्रमणमा आउने हुँदा हवाई उडानलाई बढी व्यवस्थित र विश्व बजारमा प्रचारप्रसार गर्नुपर्ने उनको भनाई थियो । उनले भने, ‘सिंगापुरमा पर्यटकको बसाई अवधि ३ दिनको हो, नेपालमा पर्यटकको बसाई अवधि १२ दिन मानिन्छ, सिंगापुरमा १ करोड पर्यटक आउनु र नेपालमा २५ लाख पर्यटक आउनु नेपालमा २५ लाख पर्यटक आउनुले बढी फाइदा लिन सकिन्छ ।’

पोखरा विमानस्थल निर्माणका अभियन्ता विश्वशंकर पालिखे अबको १ सय १८ दिनमा पोखरा विमानस्थल निर्माण कम्पनीले नेपाल सरकारलाई विमानस्थल निर्माण कार्य सम्पन्नता भएको हस्तान्तरण गर्ने दिन नजिकिंदै गर्दा उक्त विमानस्थल सञ्चालन हुने केही आशंका रहेको गुनासो गरेका छन् । समय सीमाभित्र चाइना कम्पनीले विमानस्थल निर्माण कार्य सके पनि पोखराबाट अन्तर्राष्ट्रिय हवाई उडान गर्न हालसम्म खासै पहल नभएकोेले अन्तर्राष्ट्रिय हवाई उडान हुन केही ढिलाई हुन सक्ने उनले बताए । उनले भने, ‘अझै केन्द्रवाद सोचले पोखरा विमानस्थलले प्रथामिकता नपाउने हो कि भन्ने हाम्रो चिन्ता हो, नियत बस् पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई असफल बनाउने कार्यमा केही शक्ति लागेका होलान्, हवाई उडानको लागि जुन रुपमा गर्नु पर्ने गृहकार्य क्यान र नेपाल सरकारले खासै गरेको पाइएको छैन ।’ केन्द्रिकृत सोचको उपज पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको नामाकरण भएको अभियान्ता पालिखेको भनाई छ ।

३ हजार मिटरको धावन मार्ग हुने अपेक्षा गरेकोमा २ हजार ५ सय मिटरको मात्र बनेकोमा चिन्ता व्यक्त गर्दै पालिखेले पोखराको वरिपरि डाँडा काँडा भए पनि ३ हजार मिटरको रन–वे भएमा अन्तर्राष्ट्रिय हवाई उडान हुन सक्ने दावी गरे ।

नेपाल आउने सिमरा र नेपालगन्जको मात्र हवाई मार्ग भएकोले हवाई ट्राफिक जाम हुने हुँदा भारतसंगको सहकार्यमा हवाई उडान गर्दा समन्वय गर्नु पर्ने अवस्था रहेको पालिखेको भनाई छ । राष्ट्रिय गौरवको योजना अनुरुप अन्तर्राष्ट्रिय हवाई उडान गर्ने विषयमा पोखरा विमानस्थलको विषयमा समेत गम्भीर हुन उनले सरोकार पक्षलाई आग्रह गरेका छन् ।

पोखराका पर्यटन व्यवसायी बासु त्रिपाठीले पोखरा विमानस्थल निर्माण भएसंगै सरकारले उत्त विमानस्थल संचालन गरेसंगै त्यसलाई दिगो रुपमा लैजान निजी क्षेत्रले सहकार्य गर्न तयार रहेको बताए । पोखरामा करिब १० लाख पर्यटक भित्रिएको अवस्थामा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएको खण्डमा पोखरामा वार्षिक २५ लाख पर्यटक भित्र्याउन सक्ने उनले दावी गरे ।

२ हजार ४ सय २ जना अनसनमा बसेर सिंहदरबारसम्म घेर्न पुगेका पोखरेलीले पोखरा विमानस्थल सञ्चालनमा कुनै ढिलाई गरेमा पुनः एक धक्का दिने गरी आन्दोलन गर्न पनि पछि नपर्ने चेतावनी दिएका छन् । उनले भने, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनको लागि कुनै प्रकारको दबाब आवश्यक परे लाखौं मान्छेको धक्का दिन हामी तयार छौं ।’

जग्गा अधिग्रहण गर्ने विषयमा पटक पटक स्थानीयलाई दुःख दिनुभन्दा आवश्यकताको आधारमा उचित मापदण्ड दियर मात्र उनीहरुलाई व्यवस्थापन गर्नुपर्ने त्रिपाठीको भनाई छ । उक्त कार्यक्रमको सञ्चालन रेडियो अन्नपूर्णकर्मी बासुदेव मिश्रले गरेका थिए ।

कमेन्टहरु
Loading...