पोखरा महानगर आज १ बजे पछि बन्द हुने

पोखरा । पोखरा महानगरपालिकाले वडा नम्बर ४ का वडासदस्य सञ्जयकुमार श्रेष्ठको निधनको शोक बिदा दिने निर्णय गरेको छ । आइतबार दिउँसो १ बजेपछि सेवा प्रवाह बन्द हुने विज्ञप्तिमार्फत महानगरले जानकारी दिएको छ ।

वडा ४ ले पनि आज कार्यालयको सेवा पूर्णरुपमा बन्द गर्दै शोक विदा गरेको छ ।

श्रेष्ठको आइतबार बिहान फिस्टेल हस्पिटलमा उपचारको क्रममा निधन भएको हो । बिहीबारसम्म नियमित अस्पताल आएका श्रेष्ठको शुक्रबार एक्कासि स्वास्थमा समस्या देखिएको थियो । उनको आइतबार सेती किनार तुलसीघाटमा अन्त्येष्टि गरिने परिवार स्रोतले जनाएको छ ।

श्रेष्ठ नेपाली काङ्ग्रेसबाट २०७९ को स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिका ४ को वडासदस्यमा निर्वाचित भएका थिए ।

कमेन्टहरु
Loading...