पोखरा फाइनान्सको बोनस सेयर घोषणा

काठमाडौं l पोखरा फाइनान्सले सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ८ दशमलव ०७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र फाइनान्सको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले पाउने छन् । कम्पनीले हाल कायम ९३ करोड ३१ लाख ४५ हजार ७९० रुपैयाँ चुक्ता पुँजीमा सो बोनस तथा नगद लाभांश दिने निर्णय गरेको हो ।

कमेन्टहरु
Loading...