पोखरा पर्यटन परिषद्मा गोपी भट्टराई

पोखरा । पर्यटन व्यवसायीको छाता सङ्गठन पोखरा पर्यटन परिषद्को ११ औँ अधिवेशनबाट अध्यक्षमा गोपी भट्टराई सर्वसम्मत निर्वाचित भएका छन् ।

शुक्रबार सम्पन्न सो अधिवेशनबाट उपाध्यक्षमा पोमनारायण श्रेष्ठ, महासचिवमा रामचन्द्र शर्मा, सचिवमा तारानाथ पहारी र कोषाध्यक्षमा कृष्ण काफ्ले चयन भएका हुन् । त्यसैगरी सदस्यमा लक्ष्मण सुवेदी र शोभाकान्त पौडेल चयन भएका छन् ।

बाँकी दुई सदस्य कार्यसमितिले चयन गर्ने जनाइएको छ । परिषद्मा पोखराका पर्यटन क्षेत्रसँग सम्बद्ध १२ वटा सस्था आवद्ध छन् ।

निर्वाचित भएसँगै अध्यक्ष भट्टराई कोरोना महामारीले अस्तव्यस्त बनेको पोखराको पर्यटनलाई चलायमान बनाउन परिषद्ले सबैसँग सहकार्य र समन्वय गरेर अघि बढ्ने बताए ।

कठिन अवस्थामा प्राप्त जिम्मेवारीलाई चुनौतीसँगै अवसरको रुपमा लिँदै पोखराको पर्यटन विकासका तीनै तहका सरकारसँग समन्वय गरी नयाँ खोज र सोचका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

कमेन्टहरु
Loading...