पोखरा चेम्बर अफ कमर्स कास्कीद्वारा रक्तदान कार्यक्रमको आयोजना

पोखरा । पोखरा चेम्बर अफ कमर्स कास्कीको दोश्रो वार्षिकोत्सवको अवसरमामा घुम्ती रक्तदान कार्यक्रम गरेको छ । रक्तदान जीवनदान, जीवनदान महादान भन्ने नाराका साथ चेम्बरको चिप्लेढुंगा महेन्द्रपुल इकाईले गरेको कार्यक्रममा २९ जनाले रक्तदान गरेका छन् ।

गण्डकी प्रदेश सभाका सदस्य प्रभा कोइरालाले कार्यक्रमको उद्घाटन गर्दै तिनतहको सरकारसंगको सहकार्यमा उद्योग व्यवसायको प्रवद्र्धनका योजनाबद्ध ढंगले काम गर्न चेम्बरलाई सुझाव दिइन् । उनले एकमना एकताका साथ व्यवसायीको हकहितमा काम गरेर सबैको साझा संस्था बन्न आग्रह गरिन् । पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष किसान सुनारले निजी क्षेत्रको तर्फबाट संस्थागत रुपमा सामाजिक उत्तरदायित्वको काम गरेको बताए । क्षेत्रीय रक्त सञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले पोखरामा रगत अभाव भएकोले खुल्ला रक्तदानको कार्यक्रम गर्न सबै संघ संस्थालाई आग्रह गरे ।

कार्यक्रममा चेम्बर अफ कमर्स कास्कीका वरिष्ठ उपाध्यक्ष गिता तिवारी गौतम, वाणिज्यतर्फका उपाध्यक्ष यमनाथ पौडेल, बस्तुगत तर्फका उपाध्यक्ष प्रेमबहादुर भुजेल, महासचिव उमराज बास्तोला, सचिवालय सदस्य रवीबहादुर विक, कार्य समितिका सदस्य विक्रम पन्त, चिप्लेढुंगा सिद्धार्थचोक व्यापारी एशोसियसनका अध्यक्ष डिबी भुजेल, चेम्बर अफ कमर्स उत्तरी इकाईका अध्यक्ष विष्णुप्रसाद बास्तोला, चेम्बर अफ कमर्स चिप्लेढुंगा महेन्द्रपुल इकाईका कार्यवहाक अध्यक्ष पदमलाल श्रेष्ठ, उपाध्यक्ष इन्द्रबहादुर कार्की, महासचिव लेखनाथ सुवेदी लगायतले बोलेका थिए । दोश्रो वार्षिकोत्वको अवसरमा चेम्बरले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत मंगलबार दक्षिणी चेम्बर अफ कमर्स र फेवा चेम्बर अफ कमर्सले १४ गते बिरौटमा खुल्ला रक्तदान कार्यक्रम राखेका छन् ।

त्यस्तै उत्तरी चेम्बर अफ कमर्सले १६ गते बगरमा, लेखनाथ चेम्बर अफ कमर्सले १७ गते लेखनाथमा र सेन्टर युनिट चेम्बर अफ कमर्सले १८ गते पृथ्वीचोक पोखरामल अगाडी रक्तदान कार्यक्रम गर्न लागेको हो । नेपाल चेम्बर अफ कमर्सको ७० वर्ष प्रवेशको अवसरमा गण्डकी प्रदेशको समृद्धिसंग जोडेर स्मारिका प्रकासन गरेको अध्यक्ष किसान सुनारले जानकारी दिए । महासचिव बास्तोलाले वार्षिकोत्सवको सन्दर्भमा आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख ऋषिराम पोखरेल, जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख सन्तोष रोका, चेम्बरका पदाधिकारीहरुको सहभागितामा रेडियो सम्वाद कार्यक्रम राखेको जानकारी दिए ।

कमेन्टहरु
Loading...