पोखरा उद्योग वाणिज्य संघमा सल्लाहकार र कार्यसमिति सदस्य मनोनित

पोखरा, २६पुस/पोखरा उद्योग बाणिज्य संघको कार्यसमिति सदस्यमा तीन जना मनोनित भएका छन् । मनोनित हुनेहरुमा आइरन एलिगेन्सका रामबहादुर बसेल, ओपन हर्ट ट्राभल एण्ड टुर्स प्रालिका पोमनारायण श्रेष्ठ र फेवा लेक रेष्टुरेण्टका बलराम पहारी रहेका छन् ।

संघको विहीबार सम्पन्न कार्यसमितिको पाँचौ बैठकले उनीहरुलाई कार्यसमिति सदस्य पदमा मनोनित गरेको संघका अध्यक्ष संजिवबहादुर कोइरालाले जनाए । संघको विधान २०५० दिएको अधिकार प्रयोग गरी अध्यक्ष कोइरालाले कार्यसमितिको सल्लाहाकारमा उनीहरुलाई कार्यसमिति सदस्य पदमा मनोनित गरेका हुन ।

कार्यसमितिमा चारजना मनोनित गर्ने अधिकार भएकोमा यस अघि नै अध्यक्षले हालका प्रथम उपाध्यक्ष विन्दुकुमार थापालाई सदस्यमा मनोनित गरिसकेका छन् । यसैगरी संघको कार्यसमितिलाई आवश्यक राय, सल्लाह र सुझाव प्रदान गर्नको लागि पूर्व अध्यक्षहरु अशोक पालिखे, आजाद श्रेष्ठ, रमेश कर्माचार्य, राजेन्द्रकुमार लालचन, दीपक श्रेष्ठ र मानकाजी माकाजुलाई सल्लाहकारमा मनोनयन गरिएको संघका महासचिव नारायण कोइरालाले जानकारी दिए ।

कमेन्टहरु
Loading...