पृथ्वीनारायण शाहको एकताको आधारमा टेकेर संद्यिय लोकतान्त्रिक गणतन्त्रमा आइपुग्यौं : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पृथ्वीनारायण शाहको एकताको आधारमा टेकेर जनआन्दोलन , जनक्रान्ति लगायत विभिन्न आन्दोलनबाट संद्यिय लोकतान्त्रिक गणतन्त्रको व्यबस्थामा आइपुगेको बताएका छन् ।

पृथ्वीनारायण शाहको २९९ औं जन्मजयजन्तीका अवसरका शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री गुरुङले नेपाल एकिकरणका नायक पृथ्वीनारायण शाह र उनका योद्धा प्रति उच्च सम्मान व्यक्त गरेका छन् ।

‘पृथ्वीनारायण शाहले सुरु गरेको भौगोलिक एकिकरणको जगमा उभिएर समाजवाद उन्मुख संघिय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यबस्थालाई सुदृढ पार्दै सामाजिक न्याय सहितको समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पार्ने दिशामा एकताबद्ध भई केन्द्रित हुन यसदिनले हामी सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास समेत लिएको छु’,शुभकामना सन्देशमा उल्लेख छ ।

कमेन्टहरु
Loading...