पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कास्कीको ३०औं साधारण सभा सम्पन्न

पोखरा । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा कास्कीको ३० औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । संस्थाको वार्षिक कार्य प्रतिवेदनका साथमा विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गर्दै साधारण सभा सम्पन्न भएको हो ।

सभाका प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पुस्तक तथा स्टेशनरी व्यवसाय रचनात्मक ढंगको मर्यादित पेशा भएकाले सबैको एकताको संदेश दिने संस्था भएको बताए । साथै उनले कास्कीमा सबैको साझा संस्था बन्न सफल भएकोमा धन्यवाद व्यक्त गर्दै व्यवसायीको हक हितका लागि अझ अग्रसर हुन सुझाव दिए ।

कार्यक्रममा प्रकाश प्रसाद पोखरेल, दिपेन्द्र प्रसाद पोखरेल, गिता अधिकारी, सकुन्तला पौडेल, टिकाराम पौडेल, भुवन अधिकारी, जिएस प्रिन्टिङ एण्ड सप्लायर्स र युनाइटेड रिफरेन्स ल्याबोरेटरी (युआरएल) लाई सम्मान गरिएको संस्थाका सम्मान उपसमितिका संयोजक रामप्रसाद सुवेदीले जानकारी दिए ।

कार्यक्रममा व्यवसायीको तर्फबाट भेषराज पौडेल, जिल्लाहरुको तर्फबाट स्याङजा अध्यक्ष छाँयादेवी लुईटेल, कस्मेटिक व्यवसायी संघको तर्फबाट अध्यक्ष दुर्गा वराल, गण्डकी अध्यक्ष लीलाराम गौतम, यूआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्त, अर्जुप्रसाद पाण्डे, कलम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अर्जुन पोखरेल, गण्डकीका निवर्तमान अध्यक्ष दुर्गा कुमार श्रेष्ठ, पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कि, सल्लाहकार देवकृष्ण काफ्ले, केन्द्रिय सचिव शकुन्तलादेवी शर्मा, पत्रकार आरजू विष्ट सल्यानीलगायतले संस्थाले गरेको कार्यको प्रशंसा गर्दै शुभकामना मन्तव्य राखेका थिए ।

उनीहरुले उदेश्य प्राप्तिका लागि बिचारलाई पर राखेर व्यवसायीक मुद्धाहरुमा केन्द्रित भई एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका थिए ।

कार्यक्रममा महासंघ गण्डकी प्रदेश सचिव तथा माघ २० गते पोखरामा हुने महासंघको अधिवेशनमा अध्यक्ष पदका प्रत्यासि कृष्ण प्रसाद पोखरेल, फागुन १८ र १९ गते काठमाडौंमा हुने केन्द्रिय अधिवेशनमा अध्यक्षका प्रत्यासि ऋषिशर्मा भण्डारी र सचिवका उम्मेदवार मोहनप्रसाद सापकोटाले महासंघलाई हाँक्न सक्ने सक्षम नेतृत्वको चाहना कास्कीले गरेकोले कास्की शाखालाई आभार व्यक्त गर्दै नतिजा आफ्नो पक्षमा पार्न गरिएको पहल हामीले सार्थक बनाउनु पर्ने बताए ।

संस्थाका अध्यक्ष कविन्द्र प्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न सभामा संस्थाका द्धितिय उपाध्यक्ष ध्रुब पोखरेलले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव सञ्जय आचार्यले गरेका थिए ।

साधारण सभाको बन्द सत्रमा संस्थाका सचिव सञ्जय आचार्यले प्रस्तुत गरेका वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष सुर्यमोहन आचार्यले प्रस्तुत गरेका कोषाध्यक्षको प्रतिवेदन र आगामी कार्ययोजनालाई अनुमोदन गरेको छ ।

 

कमेन्टहरु
Loading...