पवन प्रजापतिद्वारा पोउवासंघको निर्वाचनमा अध्यक्ष पदमा उम्मेद्वारी घोषणा

पोखरा / पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पवन प्रजापतिले आसन्न ३४ औं महाधिवेसनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सामजिक सञ्जाल फेसबुकमार्फत प्रजापतिले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

संघको अध्यक्ष पदमा वर्तमान उपाध्यक्षसमेत रहेका अर्जुन पोखरेलले पनि आइतबार नै उम्मेद्वारी घोषणा गरिसकेका छन् ।

प्रजापतिले १० वर्षदेखि संघको विभिन्न पदमा रहि व्यवसायीको हितमा काम गरेको समेत उल्लेख गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका स्टाटस यस्तो छः

सम्पुर्ण उद्योगी ब्याबसयी हरुमा अभिबादन टक्र्याउदै पोखरा उद्योग बाणिज्य संघ को आसन्न ३४ औ महाधिवेशन २०७९-भाद्र २४ र २५ गते हुन गैरहेको निर्बाचनमा म आफू लाई संघ को अध्यक्ष पद को प्रत्यासी को रुपमा प्रस्तुत हुने जानकारी गराउदछु
बिगत १० बर्ष देखि बिभिन्न पद मा रहि ( कार्यसमिती सदस्य २ कार्यकाल कोषाध्यक्ष १ कार्यकाल उपाध्यक्ष १ कार्यकाल र बरिस्ठ उपाध्यक्ष १ कार्यकाल ) मा रहि उद्योगि ब्याबसायी हरुको हक र हितमा काम गर्ने अवसर दिनु भयो यसको लागि म अमुल्य सम्पतीको रुपमा ग्रहण गरेको छु । यसै जगमा उभिएर मेरो कार्यक्रम र मेरो टिम को सर्बजनिक घोषण पत्रकार सम्मेलन मार्फत केही दिनमै यहाहरु माझ जानकारी गराउनेछु
यहाहरुको सहयोग हिजो पनि थियो आज पनि छ भोलि सम्म पनि रहिरहने छ भन्ने बिश्वासका
साथ १ पटक फेरि नमन गर्दछु।
जय उद्योगी जय ब्याबसायी ।
तपाइँ हरुको सेबक
पवन प्रजापति
कमेन्टहरु
Loading...