पर्यटन मन्त्रालयमा कार्यरत महिलामा कोरोना पुष्टि

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययान मन्त्रालयमा कार्यरत १ महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सिंहदरबारभित्र रहेको मन्त्रालयमा कार्यरत ३१ वर्षीय महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । उनलाई कोरोना संक्रमण पुष्टि भएपछि संक्रमित कार्यरत शाखाका कर्मचारीलाई कार्यालय नआउन भनिएको छ । ४६ जनाको स्वाब संकलन गरेर परीक्षण गर्दा अन्यको भने रिर्पोट नेगेटिभ आएको बताइएको छ । संक्रमितसंग समपर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गर्ने काम समेत सुरु भएको छ ।

कमेन्टहरु
Loading...