पक्राउ गरिएका विद्यार्थी नेता रिहा

पोखरा । शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठको पुत्ला दहन गर्ने क्रममा पक्राउ गरिएका तीन जना रिहा भएका छन् ।

मन्त्रीले जातीय उत्पिडनलाई प्रोत्साहन दिएको भन्दै वहालवाला शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको पुत्ला दहन गर्दै गर्दा पक्राउ गरिएका । समाजवादी विद्यार्थी युनियनका नेता नेता नेत्र चापागाई र रेशम सापकोटा र किरण नेपालीलाई साँझ रिहा गरिएको हो ।

युनियनले तुरुन्त रिहाइ नगरे कडा प्रतिवादमा उत्रने चेतावनी समेत दिएको थियो ।

कमेन्टहरु
Loading...