नेवि संघ कास्कीद्वारा विभिन्न निर्णय

पोखरा, २७ चैत / नेपाल विद्यार्थी संघ कास्कीले नयाँ वर्षको शुभकामना आदानप्रदान सहित विभिन्न कार्यक्रमको तयारी गरिएको उल्लेख गरेको छ ।

नेपाल विद्यार्थी संघका संयोजक शुभाष कोइरालाको अध्यक्षतामा वसेको बैठकले नेवि संघको स्थापाना दिवसको अवसरमा क्यालेण्डर विमोचन, स्ववियु निर्वाचनमा संयोजक खटाईएको निर्णय गरिएको संघका सचिव विक्रम आदित्य सिंह गिरीले जानकारी दिएका छन् । स्ववियु निर्वाचनको पूर्व सन्ध्यामा पृथ्वीनारायण क्याम्पसमा संयोजक शुभाष कोइराला, वन विज्ञान क्याम्पस संयोजकमा कल्याणबावु भण्डारी, जनप्रिय बहुमुखी क्याम्पसमा संघका उपाध्यक्ष विकास थापा, अन्जन थापा पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पको संयोजकमा निर्णय भएको नेवि संघ कास्कीले जनाएको छ ।

संघले सस्कृत विद्यापिठमा तारा तिमिल्सिना, पर्वत भण्डारी नसिङ क्याम्पस, किसान गुरुङलाई पोखरा विश्वविद्यालयमा प्रतिनिधि खटाईएको नेपाल विद्यार्थी संघका प्रवक्ता सोमनाथ वराल(विशाल)ले जानकारी दिए । वैठकले माउ गुरुङ, विरेन्द्र थापा, नवराज पौडेल, ओम गुरुङ र दुर्गा लम्साललाई कार्यसमिति सदस्यमा चयन गरिएको सचिव विक्रमआदित्य गिरीले जानकारी दिए ।

कमेन्टहरु
Loading...