नेकपा अध्यक्षद्वय ओली तथा प्रचण्डबीच भेटवार्ता जारी

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज दिउँसो सवा १ बजेबाट भेटवार्ता जारी छ । दुवै अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल जारी रहेको बताइएको छ ।

केही समयदेखि पार्टी एकताका बाँकी काम तथा मन्त्रीपरिषद् पुनर्गठनका विषयमा सहमति हुन सकेको छैन । बिहीबार बसेको बैठकमा समेत एकताका बाँकी कामका विषयमा छलफल भएको थियो ।

आज प्रचण्डसंगको भेट अगाडि प्रधानमन्त्री ओलीले अनसनरत डा.गोविन्द केसीको मागका विषयमा शिक्षामन्त्री गिरिरानमणि पोखरेलसंग छलफल गरेका थिए । डा.केसीको विषयमा प्रधानमन्त्री ओली तथा शिक्षामन्त्री पोखरेलबीच छलफल जारी रहँदा नै प्रचण्ड प्रधानमन्त्री निवास पुगेका थिए । सो बैठकका समेत उनी सहभागी भएको बताइएको छ ।

शुक्रबार राति अबेरसम्म भएको सरकार तथा डा.केसीबीचको छलफल निष्कर्षमा पुग्न सकेन ।

कमेन्टहरु
Loading...