नेपाल प्रहरी द्वारा म्यादी प्रहरी माथी लाठी प्रहार , ७ घाइते (यस्तो छ कारण)

पौष ३/श्रम शोषण र पारिश्रमिकमा विभेद गरिएको भन्दै दोलखामा कार्यरत म्यादी प्रहरी आन्दोलित भएका थिए । पारिश्रमिक र खानामा विभेद गर्दै जिल्ला प्रहरी कार्यालयले सुरक्षामा खटिने म्यादीलाई ज्यामीको काम समेत लगाएको भन्दै उनीहरु आन्दोलित भए ।

आन्दोलित बनेका म्यादीमाथि प्रहरीले लाठी चार्ज पनि गरेको छ । त्यसक्रममा म्यादी प्रहरी संगीता नेपालीसहित सातजना घाइते भएका छन् ।

घाइतेलाइ उपचारका लागि अस्पताल भर्ना गरिएको छ । म्यादीहरुका अनुसार जिल्ला प्रहरी कार्यालयले आफूहरुको पारिश्रमिकबाट खाना खर्चको नाममा मनलाग्दी पैसा काटिदिएको छ ।

भेदभावविरुद्ध सडकमा उत्रेर बजार परिक्रमा गर्न खोज्दा प्रहरीले म्यादीहरुमाथि लाठीचार्ज गरेको हो । डिएसपी रवीन कार्कीले वार्तामा बोलाएपछि अहिले जिप्रका परिसरमा दुईपक्षबीच वार्ता भइरहेको छ

कमेन्टहरु
Loading...