सर्वसुलभ, सस्तो र सबैको पहुँचमा नेपाल टेलिकम, गण्डकीका ८५ वटै स्थानीय तहमा फोरजी सेवा

पोखरा । नेपाल टेलिकमले गण्डकी प्रदेशका ८५ वटै स्थानिय तहमा फोरजी सेवा पु¥याएको जनाएको छ । गण्डकी प्रदेशमा भएको ८५ वटै स्थानिय तहमा नेपाल टेलिकमको फोरजी सेवा पुगेको पोखरामा बुधबार आयोजित पत्रकार भेटघाटमा जानकारी दिइएको हो ।

प्रदेशका ८५ वटा स्थानिय तहमा ५०३ वटा फोरजीका टावर राखिएको नेपाल टेलिकमका सह–प्रवक्ता रञ्जित लोहियाले जानकारी दिए । सबै स्थानिय तहमा फोरजी सेवा पुगेपनि केहि पालिकाका केहि ठाउँमा भने नेटवर्क पुगिनसकेको उनले बताए । नेटवर्क नपुगेका ठाउँहरुको पहिचान भइसकेको छ,उनले भने,‘प्रदेशका ४८ वटा ठाउँमा नेटवर्क नपुगेको पहिचान भएको छ, ती ठाउँमा चाँडै टावर राखेर नेटवर्क पुग्ने ब्यबस्था गर्छौं ।’

सह–प्रवक्ता लोहियाले नेपाल टेलिकमको सिमहरु मध्ये टुजी भ्वाइस, थ्रीजी भ्वाईस र डाटा तथा फोरजी डाटा बेसिस रहेको बताए ।

नेपाल टेलिकमले सेवाको गुणस्तरसँगै प्रविधिपनि थपिरहेको जनाएको छ । उनका अनुसार पछिल्लो पटक फाइबर र फाइभजी बिस्तारको काम भइरहेको छ । फाइबर तिब्र रुपमा बिछ्याउने काम भइरहेको सह–प्रवक्ता लोहियाले बताए । ‘यसको गुणस्तर राम्रो भएर अहिले यसको डिमाण्ड हाई छ, तर डिमाण्ड अनुसार सेवा पु¥याउन नसकेपनि सक्दो कोशिष गरिरहेका छौं’–उनले भने । उनका अनुसार फाइबर टु दि होम सर्भिसका लागि ११ लाख ७४ हजार साइडको लागि तयारी भएको छ भने ५ लाख ६४ हजारलाई वितरण गर्न योग्य रहेको र १ लाख ८३ हजारलाई वितरण गरिसकेको जानकारी गराए ।

सह–प्रवक्ता लोहियाले फाइभजीको ट्रायल टेस्टको तयारी भइरहेको छ । ४ ठाउँमा परीक्षण स्थान तोकेर सेवा दिने तयारी भइरहेको उनको भनाई छ ।

नेपाल टेलिकमले पछिल्लो पटक ‘नमस्ते–पे’ सञ्चालनमा ल्याएको छ । नेपाल टेलिकमको ६२ प्रतिशत र नेपाल राष्ट्रबैंकको ३८ प्रतिशत लगानीमा नेपाल डिजिटल पेमेन्ट्स कम्पनी स्थापना गरेर डिजिटल पे ‘नमस्ते–पे’ सञ्चालनमा आएको सह–प्रवक्ता लोहियाले जानकारी दिए ।

नेपाल टेलिकम गण्डकी प्रदेश प्रमुख डिल्लीराम अधिकारीले नेपाल टेलिकमले राज्य हुनुको अनुभूतिसमेत दिलाइरहेको दाबी गरे । प्रहरी, प्रशासन नपुग्ने ठाउँ जहाँ भाषा, भेषभुषासमेत छिमेकी देशको चल्ने ठाउँमा नेपाल टेलिकमको सेवा लिँदा त्यसले राज्य हुनुको अनुभूति दिलाउने उनको भनाई थियो ।

उनले सबैको पहुँचमा सेवा पु¥याउन र सर्वसुलभ र सस्तो मूल्यमा सेवा दिन नेपाल टेलिकमले हरदम प्रयास गरिरहेको बताए ।

कमेन्टहरु
Loading...