नेपाल खेलकुद पत्रकार मञ्च र केल्मी नेपालबीच सम्झौता

 

खेलकुद क्षेत्रको प्रतिष्ठित अवार्ड ‘एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड २०७७’ दशक अवार्डका लागि आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले कामारु टे«डिङ प्रालिसँग सहप्रायोजन सम्झौतालाई निरन्तरता दिएको छ ।
सहप्रायोजनका लागि मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र कामारु ट्रेडिङ प्रालिका निर्देशक प्रदीप न्यौपानेबीच सोमबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
कामारु ट्रेडिङ प्रालि अन्तर्राष्ट्रिय स्पोर्ट्स ब्रान्ड केल्मीको नेपालका लागि आधिकारिक बिक्री–वितरक संस्था हो ।
सह–प्रायोजक बनेवापत केल्मी नेपालले अवार्डमा विजेता र मनोनित खेलाडीलाई टी शर्ट क्याप र गिफ्ट ह्याम्पर उपलब्ध गराउनेछ ।
१८ औं संस्करणको पल्सर अवार्ड आउँदो चैत ८ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा भव्य रूपमा आयोजना हुनेछ ।
अवार्ड अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भइसकेको छ । मनोनयनमा सन्तोषी श्रेष्ठ (एथलेटिक्स), एन्जिला तुम्बापो सुब्बा (फुटबल), एलिना महर्जन (टेबलटेनिस), र कुशल भुर्तेल (क्रिकेट) र प्रिन्स दाहाल (ब्याडमिन्टन) रहेका छन् । एजेन्सी

कमेन्टहरु
Loading...