नेपाली कांग्रेस अछाम काठमाडौं सम्पर्क समितिको सभापतिमा धामी

काठमाडौं । नेपाली कांग्रेस अछाम काठमाडौं सम्पर्क समितिको सभापतिको जिम्मेवारी काँग्रेस नेता जनक बहादुर धामीले पाएका छन् ।

 

नेपाली काँग्रेस अछाम सभापति पुष्पबहादुर शाहले काँग्रेसको विधान २०१७ को दशौं संशोधन २०७८ को परिच्छेद ११ धारा ४१ बमोजिम सम्पर्क समितिको सभापतिको जिम्मेवारी प्रदान गरेका हुन् । उक्त जिम्मेवारीप्रति आभार व्यक्त गर्दै धामीले पार्टीको हितमा र अछामको विकासमा आफूले सक्दो काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

 

पञ्चदेवल विनायक नगरपालिका वडा नं. २ अछाम स्थायी घर भएका धामी नेपालका सफल व्यवसायी तथा उद्यमी पनि हुन् । उनले अछामबाट काठमाडौंमा आएर बसेकाहरुलाई शिक्षा, स्वास्थ्य र रोजगारका लागि सक्दो सहयोग गर्दै प्राथमिकता दिदै आइरहेका छन् ।

 

आफूले जहिले पनि काँग्रेसको संगठन बलियो बनाउनका लागि प्रतिबद्ध र सक्रिय रहँदै आइरहेको बताउँदै धामीले आगामी दिनमा पार्टीको सम्पर्क समितिलाई अझै बलियो बनाउँदै लग्ने र काँग्रेस अछामलाई पनि बलियो बनाउन लाग्ने प्रतिबद्धता गरेका छन् ।

 

नेपाली काँग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि धामी उद्योग व्यापार विभागका पूर्व केन्द्रीय सदस्य हुन् ।

कमेन्टहरु
Loading...