नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यालयको उद्घटन गर्न केन्द्रीय नेताहरु पोखरा आउँदै

पोखरा । नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यालयको आईतबार उद्घाटन हुने भएको छ ।

पोखरा महानगर पालिका–३ तेर्सापट्टी, गिरिजाचोकमा रहेको कार्यालयको उद्घाटन नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गर्ने कार्यक्रम रहेको शनिवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

वरिष्ठ नेता पौडेलसँगै नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जिवन परियार, नेता गोपलामान श्रष्ठ नेता डा.शशांक कोइरालको पनि सहभागिता रहने नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले जानकारी दिए ।

‘उहाँहरुसँगै गण्डकी प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने सवै नेताहरुलाई खवर गरेका छौं’ सभापति शर्माले भने,‘ गण्डकी प्रदेशका नेताहरुको सहभागितामा कार्यालयको विधिवतरुपमा उद्घाटन गर्ने छौं ।’

गण्डकी प्रदेशका गतिविधिलाई चुस्त वनाउन दुइ वर्षका लागि सम्झौता गरी तेर्सापट्टीमा रहेको घर भाडामा लिई कार्यालय स्थापना गरेको शर्माले जानकारी दिए ।

‘संगठनलाई मजवुद वनाउँदै आगामि निर्वाचनमा गण्डकी प्रदेशमा काँग्रेसलाई विजयी गराउँनका लागि कार्यालय स्थापना गरेर काम अगाडि बढाउँने छौं’ शर्माले भने,‘ तत्काल भाडमा कार्यालय सञ्चालन गरेपनि आफ्नो कार्यकालमा स्थायीरुपमै कार्यालय स्थापना गरेर छाड्ने छौं ।’

कोभिडका कारण खुल्ला ठाँउमा ठूलो कार्यक्रम गर्न नसकेको बताउँदै शर्माले कार्यलय परिषरमै हुने कार्यक्रममा गण्डकी प्रदेशका पार्टी भित्रकै परिवार मात्रै बोलाएको जानकारी दिए । वातवरण सहज भएपछि छिट्टै नै गण्डकी प्रदेशले आमसभा गर्ने उनले जानकारी दिए ।

कार्यक्रममा सहिद क्या. यज्ञबहादुर थापाको जिवनीमा लेखिएको पुस्तक पनि विमोचन गरिने भएको छ ।

कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेशका उपसभापति कल्पना तिवारी, महामन्त्री किरणबाबु श्रेष्ठ र प्रवक्ता माधव बास्तोला मधुले बोलेका थिए ।

 

कमेन्टहरु
Loading...