नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटवार्ता, निष्कर्ष भने निस्कन सकेन

काठमाडौं । प्रधानमन्त्री समेत रहेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली तथा पार्टीका अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डबीच आज भेटवार्ता भएको छ । दुवै अध्यक्षबीच संवादहिनता तोड्ने प्रयास भए पनि वार्ताबाट केही निष्कर्ष निस्कन भने नसकेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । प्रेस सल्लाहकार थापाका अनुसार दुवै अध्यक्षबीचको यो भेटघाट नियमित भेटघाट जस्तै बनेको थियो ।

कमेन्टहरु
Loading...