धम्पुस पुग्ने सडक कालोपत्र गर्ने प्रतिबद्धता

धम्पुस पुग्ने सडक कालोपत्र गर्ने प्रतिबद्धता

पोखरा ।

नेकपा एमालेका कास्की क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा उम्मेदवार दामोदर पौडेल बैरागीले चुनाव जितेपछि धम्पुससम्म पुग्ने सडक कालोपत्र गर्ने प्रतिबद्धता जनाएका छन् ।

चुनावी घरदैलोका लागि शनिबार माछापुच्छ्रे गाउँपालिका ७ धम्पुस पुगेका बैरागीसँग मतदाताले पोखरा बागलुङ राजमार्गको घट्टेखोलादेखि गाउँसम्मको बाटो कालोपत्र गर्न आवश्यक रहेको बताएका थिए । त्यसमा बैरागीले जितेर गएपछि यो काम पुरा गर्ने प्रतिबद्धता जनाएका हुन् । यहाँबाट पढ्न, जागिर गर्न पोखरा जानेहरू हुनुहुन्छ । उहाँहरुलाई त दुरी जति कम भयो त्यति सहज हुन्छ मैले बुझेको छु, उनले थपे, पर्यटक आउजाउ गर्न, गाउँकै मान्छे बजार आउजाउ गर्न, यहाँको उत्पादन पुर्याउन पनि सहज हुन्छ थाहा छ । जिताएर पठाएपछि बाटो पिच गर्ने काममा ढुक्क हुनुस् ।

पछिल्लो समय नेपालीको घुम्ने बानी विकास भएको भन्दै उनले अब धम्पुसमा अझै पर्यटक भित्र्याउने योजना ल्याएर लाग्नुपर्ने बताए । यहाँ पाहुना कसरी ल्याउने, बढाउने भन्ने सुरुमा स्थानीयले सोच्नुपर्छ । त्यहीअनुसार लागेपछि सरकारले पनि हेर्छ, उनले भने, मैले जितेँ भने यहाँको घट्टेकुलोदेखि धम्पुस आउनेसम्मको बाटो कालोपत्रे गरेर छोड्छु ।

बैरागीले शनिबार नै माछापुच्छ्रे ६ धितालका मतदातासँग पनि भेटघाट गरेका छन् । त्यहाँ आफूले होमस्टे पर्यटन प्रवर्द्धन गर्न आवश्यक देखेको उनले बताए । प्रदेशको पर्यटन मन्त्रालयसँग होमस्टे प्रवर्द्धनका कार्यक्रम भएकाले समन्वय गरेर ३ १ का उम्मेदवार गणेशमान गुरुङले जितेपछि होमस्टे विकासमा अझै काम गर्न सकिने उनले स्थानीयसँग बताए । जितेपछि आफूले गाउँका सडक पूर्वाधारसहित अन्य समस्या समाधान गर्न संघमा रहेर भूमिका खेल्ने उम्मेदवार बैरागीले बताए ।

त्यस्तै गरि प्रदेश सभा सदस्य उम्मेदवार गुरुङले जनताको आवाश्कता कृषि, सडक, स्वास्थ्य र पर्यटनको विकास रहेको र त्यसलाई पूरा गर्न सूर्य चिन्हमा मत दिन मतदातालाई आग्रह गरे । उनले एक सिट नपुग्दा पनि प्रदेशमा एमालेको सरकार गठनमा समस्या हुने भएकाले भोलिका सम्भावित जटिलता बुझेर मत दिन आह्वान गरे । ञगठबन्धन सधैं रहन्न । विकास गर्न एमालेकै सरकार चाहिन्छ । कसलाई मत दिँदा के फाइदा -बेफाइदा हुन्छ बुझेर आफ्नो अमूल्य मत खसाल्नु होला, गुरुङले भने ।

कास्की ३ मा प्रतिनिधिसभामा दामोदरसहित प्रदेश सभा ३ (१) मा गणेशमान गुरुङ र प्रदेश सभा ३ (२ )मा राजीव पहारी उम्मेदवार छन् ।

कास्की ३ मा अन्नपूर्ण, माछापुच्छ्रे गाउँपालिकासहित पोखरा महानगरपालिकाको १, २, ३, ५, ६, १८, १९, २२, २३, २४ र २५ नम्बर वडा पर्छन् ।

प्रदेश सभा १(१)तर्फ माछापुच्छ्रे गाउँपालिका र पोखरा महानगरको १, २, ३, १८, १९ र २५ र प्रदेश सभा ९२०मा अन्नपूर्ण गाउँपालिकासहित ५, ६, २२, २३ र २५ नम्बर वडा पर्छन् ।

कमेन्टहरु
Loading...