देउसीको पैसाले जेब्रा क्र्सिंग , यस्तो रहेछ उद्देश्य

मङ्सिर १५, सुनसरी । धरान–१५ को त्रिवेणी आमा समूहले देउसी खेलेर संकलित भएको ३० हजार रुपैयाँले १५ स्थानमा जेब्रा क्रसिङ बनाएका छन् । समूहले जेब्रा क्रसिङ्को महत्व बुझाउने उद्देश्यले विभिन्न स्थानमा जेब्रा क्रसिङ बनाएका हुन् । समूहले धरान–१५ को सदन रोड, पिण्डेश्वरी चौक, गोर्खा युनाइटेड एकेडेमी परिषर, बगरकोट, ज्ञानोदय स्कुल, श्यामचोक क्षेत्रमा जेब्रा क्रसिङ निर्माण गरेका हुन् ।

समूहकी अध्यक्ष चुङ शेर्पाका अनुसार भीडभाड हुने क्षेत्र, चौबाटो र स्कुल क्षेत्रमा जेब्रा क्रसिङ निर्माण गरिएको छ । जेब्रा क्रसिङको अभावमा विद्यालय परिषरमा विद्यार्थीहरुलाई समस्या हुने गरेको उनी बताउँछिन् । ‘यसको उद्देश्य दुर्घटना न्यूनिकरण गर्ने पनि हो ।’ उनले भनिन् ।

ट्राफिक प्रहरी, धरान उपमहानगरपालिकाको सहयोगमा आमा समूहले आफैले रङरोगन गरिरहेका छन् ।

 

कमेन्टहरु
Loading...