दुबई स्टेडियममा आज सन्दीपको बलिङ्

फाइल तस्बिर

गन्थन डेस्क

विश्वकै चर्चित मानिएको इन्डियन प्रिमियर लीगको तेह्रौ श्रृंखला शनिबारदेखि दुबईमा सुरु भएको छ ।

उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सलाई हराएर चेन्नई सुपर किङ्सले विजयी सुरुवात गरेपछि आज दुबई इन्टरनेशनल स्टेडियममा दोस्रो खेल हुँदैछ । यही खेलमा आज दिल्ली क्यापिटल्सले किङ्स इलेभेन पञ्जाबको सामना गर्नेछ ।

नेपाली समय अनुसार साँझको ८ बजे हुने खेलमा दिल्लीको स्पिन बलिङको नेतृत्व नेपाली बलर सन्दीप लामिछानेले गर्ने भएका छन् । आजको खेलमा सन्दीपलाई स्थान दिइने दिल्लीले जनाएको छ ।

आज खेल्ने दुबै टिमले हालसम्म लीगको टाइटल जित्न सकेको छैन । यसपटक केही आशावादी देखिएका दुबै टीम पहिलो खेलमा जीतको प्रयासमा हुनेछन् । क्यारिबियन प्रिमियर लीगमा शानदार बलिङ गरेका सन्दीपसँग दिल्लीले ठूलै अपेक्षा राखेको छ । यद्यपि, दुबईको पीच फास्ट र स्पिन दुबै बलरका उत्तिकै फाइदा दिने खालको छ ।

दिल्लीको फास्ट बलिङको जिम्मा कगिसो रबाडाले लिएका छन् । दिल्लीको कोचमा रिकी पोन्टिङ छन् भने कप्तानीको जिम्मा श्रेयस अयरले लिएका छन् ।

एजेन्सीकाे सहयाेगमा

कमेन्टहरु
Loading...