दीपक मनाङेको सम्पत्तिः २२ तोला सुन, जग्गा अर्कैको नाममा, डेढ करोड ऋण

पोखरा । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले जग्गा पनि अर्कैको नाममा रहेको र आफू ऋणमा रहेको विवरण सार्वजनिक गरेका हुन् ।

२०५४ सालमा १५ तोला र २०७० मा ७ तोला तत्कालीन मूल्यअनुसार खरिद गरी आफूसँग २२ तोला सुन रहेको मनाङेले उल्लेख गरेका छन् । वैदेशिक रोजगारी र व्यापार व्यवसायबाट सुन प्राप्ति गरेको मनाङेले स्रोत उल्लेख गरेका छन् ।

मनाङेले एभरेष्ट बैंक पोखरामा १० लाख ४९ हजार ५ सय ३६ रुपैयाँ मौज्दात देखाएका छन् । त्यस्तै मनाङेले ६ करोड १० लाख रुपैयाँ ऋण लिएर ४ करोड ७० लाख रुपैयाँ तिरेको सम्पति विवरणमा उल्लेख गरेका छन् । उनले सार्वजनिक गरेको विवरणअनुसार उनी १ करोड ४० लाख रुपैयाँ ऋणमा देखिएका छन् ।

गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसहित ९ जना मन्त्रीको सम्पत्ति विवरण भदौ ९ गते सार्वजनिक भएको थियो । त्यतिबेला अवधि पुगिसकेको भए पनि मनाङेले सम्पति विवरण बुझाएका थिएनन् ।

कमेन्टहरु
Loading...