त्रिवि शिक्षण अस्पतालमा थप ४ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

काठमाडौं । त्रिवि शिक्षण अस्पतालका थप ४ जना स्वास्थ्यकर्मीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत बुधबार अस्पतालको इमरजेन्सी वार्डमा कार्यरत ६ जना स्वास्थ्यकर्मीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

उनीहरुलाई संक्रमण पुष्टि भएपछि संक्रमित स्वास्थ्यकर्मीको प्रत्यक्ष सम्पर्कमा आएकाको कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब संकलन पश्चात कोरोना परीक्षण गरिएको थियो । परीक्षणका क्रममा थप ४ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

अहिलेलाई अस्पतालमा रहेको इमरजेन्सी वार्ड सिल गरिएको छ । स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएपछि अस्पतालमा कार्यरत अन्य स्वास्थ्यकर्मीको समेत स्वाब संकलन गरेर परीक्षणको कार्य सुरु गरिएको र केही दिनमा रिर्पोट आउने अस्पतालले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...