तरुण दल लोकतन्त्रमाथिको प्रहार हेरेर बस्दैन, ओलि विरुद्ध ठुलै कदम चाल्छौँ : ललित गुरुङ

नेपाल तरुण दलको नेतृत्वमा लमजुङमा नेपाली कांग्रेसका भातृ संगठनहरुको संयुक्त बिरोध कार्यक्रममा नेपाल तरुण दल लमजुङका अध्यक्ष ललित कुमार गुरुङले प्रधानमन्त्री ओलिको संसद विघटन जस्तो असंबैधानिक कदमले नेपाल आमाको मनमा छुरा हाने जस्तो महशुस भएको व्यक्त गरेका छन् ।

‘कोभिडको समयमा स्याङ्जाकि धनमायाले समयमा उपचार नपाएर ज्यान गुमाउनु परेको थियो, के ओलिको समृद्धि उपचार नपाएर ज्यान गुमाउने हो ? त्यसैले झुठो समृद्धिको नारा बाड्दै हिड्ने र लोकतन्त्रमाथी प्रहार गर्दै हिड्नेलाई हेक्का रहोस् ।’ गुरुङले भने ।

नेपाल तरुण दलले लोकतन्त्रमाथिको प्रहार हेरेर बस्न नसक्ने र चाहेको खण्डमा जस्तो सुकै कदम पनि चाल्न सक्ने भन्दै सम्पुर्ण तरुणहरुलाई तयार रहन अध्यक्ष गुरुङले आग्रह गरेका छन्।

कमेन्टहरु
Loading...