ठुलाखेतमा खुला भलिवल प्रतियोगिता हुने

पोखरा, १ माघ/परिर्वतनशिल क्लब ठुलाखेतको आयोजना खुल्ला भलिवल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता माघ ५ गते देखि ८ गते सम्म सन्चालन हुने छ । प्रतियोगितामा करिब २० टिमले भाग लिने परिर्वतनशिल क्लबका सचिब राजेन्द्र पराजुलीले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद १० हजार रुपैया, शिल्ड, मेडल र प्रमाणपत्र पाउने पराजुलीले बताए । त्यसै गरि दोस्रो हुने टिमले नगद ५ हजार, मेडल र प्रमाणपत्र पाउने छ । प्रतियोगिता सम्पन्न गरिब ९० हजार खर्च लाग्ने आयोजको अनुमान रहेको छ । माघ ४ गते सम्म टिम दर्ता गरिने पराजुलीले जानकारी दिए ।

गाउँ गाउँमा भलिवल खेलीने भए पनि प्रतियोगिता नहुदा खेलाडीले खेल देखान नसकेको भन्दै प्रतियोगिता आयोजना गरिएको परिर्वनशिल क्लबका अध्यक्ष ऋषि अधिकारीले बताए । प्रतियोगिताबाट गाउँ गाउँमा भएका नयाँ खेलाडीहरुले अवसर पाउने उनले बताए । भदौरे तामागी गाविसको ठुलाखेतमा स्थापीत क्लबले विभिन्न सामाजीक काम गर्दै आएको छ ।

कमेन्टहरु
Loading...