जेष्ठ नागरिक मिलन केन्द्र पोखरा ५ को प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा पराजुली

पोखरा । जेष्ठ नागरिक मिलन केन्द्र पोखरा वडा नं. ५ को वार्षिक साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ । विश्वनाथ पराजुलीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति अधिवेशनले चयन गरेको हो । त्यस्तै अधिवेशनबाट उपाध्यक्षमा गजेन्द्र बहादुर खत्री, सचिवमा प्रेम पौडेल, कोषाध्यक्षमा गोपाल थापा चयन भएका छन् ।

त्यसैगरि सदस्यहरुमा दुर्गा पराजुली, होमनाथ बराल, हरि पराजुली, शुसीला पराजुली, तेज बहादुर कुँवर, नन्दप्रसाद चाँपागाई, देविप्रसाद गौतम, मनवती घिमिरे, नानु थापा, मोतीराम भट्टराई र धनपति बराल चयन भए ।
केन्द्रको सल्लाहकारमा द्रोणराज अधिकारी, पुष्पराज बराल, हिरा कोइराला, धनन्जय शर्मा, वेदनिधि शर्मा, झलक बहादुर गुरुङ, किर्तिनाथ लम्साल र शिवराम लम्साल चयन भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. ५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । साथै असल कार्यका लागि वडा सधै हातेमालो गर्न प्रतिवद्ध रहेको वडाध्यक्ष बरालले बताए ।

कार्यक्रममा हरिमाया बिक, द्रोणराज अधिकारी, पुष्पराज बराल, वेदनिधि शर्मा, कल्पना भुवाजी क्षेत्री, बोधराज काफ्लेले शुभकामना मन्तब्य राखेका थिए । विश्वनाथ बरालको अध्यक्षतामा सम्पन्न अधिवेशनमा गजेन्द्र बहादुर खत्रीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन दुर्गा बहादुर सुनारले गरेका थिए ।

कमेन्टहरु
Loading...