जुवाको खालबाट वडाध्यक्षसहित १० पक्राउ

गन्थन डेस्क

प्रहरीले बझाङमा वडाध्यक्षसहित १० जना जुवाडे पक्राउ गरेको छ ।

जयपृथ्वी नगरपालिका वडा नम्बर ४ बाट जुवा खेलिरहेको अवस्थामा नगद ७० हजारसहित १० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले ७० हजार ७ सय ३० रुपैयाँसहित जयपृथ्वी नगरपालिका ४ का वडाध्यक्ष गगन खाती लगायतका जुवाडेलाई पक्राउ गरिएको जानकारी दिए ।

अन्य पक्राउ पर्नेमा नर बहादुर वड, शेर बहादुर खाती, लोकेन्द्र खाती, विक्रम खाती, कुम्भराज उपाध्याय, नरेन्द्रराज उपाध्याय, रतनलाल रताला, उमेशराज जोशी, सन्तोष जोशी रहेको उनले बताए ।

उनीहरुलाई अहिले हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।

कमेन्टहरु
Loading...