जुवाडेका कारण स्याङजामा कोरोना संक्रमित बढ्दै, समुदायमै फैलिएको आशंका

दिपक के श्रेष्ठ

स्याङ्जाको पुतलीबजार नगरपालिकामा आइतबार बिहान एकैपटक २२ जना कोरोना संक्रमित पुष्टि भयौ । प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएअनुसार संक्रमित मध्ये एक महिला र २१ पुरुष छन् ।

लकडाउन र निषेधाज्ञामा प्रहरीले केही दिन अगाडी जुवातास खेलीरहेका मानिसलाई पक्राउ गरेको थियो । उनीहरुलाई कोरोना संक्रमण देखिएपछि पुतलीबजारको समुदायमै कोरोना संक्रमण हुन सक्ने त्रास बढेको छ । नगर स्वास्थ्य प्रमुख यामप्रसाद शर्माका अनुसार थपिएका संक्रमितमध्ये १९ जना तास खेल्नेहरु तथा दुईजना विदेशबाट आइ क्वारेन्टाइनमा बसेका छन् भने एकजना सरकारी कर्मचारी छन् ।

२ खालमा बसेर तास खेल्दै गरेका अवस्थामा पक्राउ परेका युवाहरुलाई दुई दिनपछि क्वारेन्टाइनमा राखेको थियो । यसरी पक्राउ परेका २२ जना मध्ये ३ जनामा मात्र कोरोना संक्रमण नभेटिएको हो । भारत र मलेसियाबाट फर्केका २ जना पनि क्वारेन्टाइनमा बसेका मध्येका हुन भने एकजना सरकारी कर्मचारी जिल्ला अस्पताल स्याङ्जामा उपचारमा क्रममा गएका बेला पिसिआर परिक्षण गराउदा पोजिटिभ देखिएको हो ।

यसअघि पनि गत साउन ४ गते स्याङजा पुतलीबजार नगरपालिका १३ लाम्पाटामा म्यारिज खेलिरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय स्याङजाको टोलीले ६ जनालाई नियन्त्रणमा लिई हिरासत कक्षमा थुन्यो । उनीहरुलाई ३ दिनपछि अर्थात् ७ गते कानुनी प्रक्रिया पु¥याई जनही ५ हजार जरिवानासहित प्रहरीले थुनामुक्त ग¥यो ।

उनीहरुलाई घरमै क्वारेन्टाइनमा बस्नसमेत प्रहरीले निर्देशन दिएको थियो । तर थुनामुक्त भएपछि उनीहरुले पार्टी आयोजना गरी रमाइलो गरे । उक्त पार्टीमा करिब २५ जना सहभागी थिए ।

उनीहरुकै कारण स्याङजा प्रहरीका ३ जनामा कोरोना भेटियो । जुवाडेहरु थुनामा भएकाबेला उनीहरुसँगै बाल विवाहमा मुद्दामा ल्याइएका ४ जना पनि थिए । यसपछि थुनामुक्त जुवाडेहरुको परीक्षण गर्दा १ जनामा संक्रमण भेटियो । लगत्तै उनको परिवारमा परीक्षण गर्दा थप ४ संक्रमित भेटिए । उनीहरुको सम्पर्कमा आएका ३ जनामासमेत परीक्षण गर्दा नतिजा पोजिटिभ देखिएको थियो ।

यो संगै स्याङ्जामा कोरोना संक्रमित हुनेको संख्या ३ सय ३७ पुगेको छ ।

प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले संक्रमितका परिवार र छिमेकीहरुको स्वाव परिक्षणपछि आउने नतिजा हरेर नयाँ निर्णय लिने बताएका छन् । कन्ट्याक्ट ट्रेसिङ्बाट पनि पोजोटिभ आएमा पुतलीबजार नगरपालिका शिल हुन सक्ने प्रमुख जिल्ला अधिकारी क्षेत्रीले जानकारी दिए ।

कमेन्टहरु
Loading...