जिल्ला प्रहरी कार्यालय कास्कीलाई स्वास्थ्य सुरक्षा सामग्री

पोखरा । सामाजिक क्षेत्रमा क्रियाशील नेलम्बो नेपालले जिल्ला प्रहरी कार्यालय कास्कीलाई स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरेको छ । कोरोना भाइरसको बढ्दो संक्रमण र उच्च जोखिमको परिस्थितिलाई मध्यनजर गर्दै संस्थाले परियोजनाको तेस्रो चरणअन्तर्गत त्यसको रोकथाम र नियन्त्रणमा पूर्ण सावधानी अपनाउन ती सामग्री प्रदान गरेको हो ।

संस्थाका तर्फबाट ल्गोभ्स, मास्क, सेनिटाइजर, फेस सिल्ड, हेड कभर र केएन ९५ मास्क गरी कूल १ लाख २ हजार ४ सय १० बराबरको सामग्री प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठलाई हस्तान्तरण गरियो ।

सामग्री हस्तान्तरण कार्यक्रममा संस्थाका अध्यक्ष एकदेव देवकोटाले महामारीमा रोगले भन्दा पनि मनोरोगले सबैलाई आक्रान्त पारेको बताउँदै संस्थाका तर्फबाट त्यसमा थप सहजीकरण गर्ने बताए ।

विभिन्न माध्यमबाट कोरोना भाइरसको नकारात्मक धारणालाई चिर्दै सर्वसाधारणले रोगसँग लड्ने हौसला बढाउनुपर्ने आवश्यकता उनले औंल्याए । प्रहरी उपरीक्षक श्रेष्ठले नेलम्बो नेपालले सराहनीय कार्य गरेको चर्चा गर्दै संस्थालाई स्वास्थ्य सुरक्षा एवं सचेतनालगायतका थप क्रियाकलाप गर्न आग्रह गरेका छन् । रासस

कमेन्टहरु
Loading...