जापान जान चाहने विद्यार्थीलाई अकारुईद्वारा अवसर प्रदान

पोखरा । नेपाली विद्यार्थीका लागि विदेश उच्च शिक्षा अध्ययन गर्न लागि प्रमुख र चाहेको गन्तव्य पनि हो । अध्ययनका लागि विदेश पढ्न जान चाहेता पनि कतिपय विद्यार्थी र अभिभावकमा पढ्न कहाँ पठाउने भन्ने अलमल भएको हुन्छ । सोही अलमललाई मेटाउन अकारुई एजुकेसन कन्सल्टेन्सीले पोखरामा ‘स्टडी इन जापान’ को सेमिनार सम्पन्न गरेको छ ।

लामो समयदेखि पोखरा सिद्धार्थचोकमा जापानी भाषाको प्रशिक्षण गराउँदै आएको अकारुई एजुकेसन कन्सल्टेन्सीले जापान जानु अगाडि र जापान पुगिसकेपछि अपनाउनुपर्ने र जान्नुपर्ने कुराहरु विद्यार्थी र अभिभावकहरुलाई जानकारी दिँदै आएको छ ।

उसो त पछिल्लो समय सुरक्षित वातावरणमा बसेर पढाइसँगै काम गरि आम्दानी गर्न सकिने भएपछि केही यता वर्ष उच्च शिक्षा अध्ययन गर्न जापान जाने नेपाली विद्यार्थी बढेका छन् । तर कुनै ठाँउ जानुपूर्व त्यसको स्थानको सम्पूर्ण जानकारी आफुले लिनुपर्ने हुन्छ । कन्सल्टेन्सी विद्यार्थीको सपना लागि एउटा बाटो भएको अकारुईका प्रबन्ध निर्देशक प्रजवल पौडेल बताउँछन् । उनले भने, ‘हामी विद्यार्थीका लागि बाटो देखाउने सारथी हौं, हाम्रो कन्सल्टेन्सीको नाम जस्तै अथार्थ जापानीजमा उज्यालो ।’

एजुकेसन कन्सल्टेन्सीले उच्च शिक्षा अध्ययन गर्न जापान जाने विद्यार्थीहरुलाई जापान जानुपूर्व जापानी भाषाको तयारी कक्षा, शैक्षिक संस्थाको छनौट, त्यहाँको हावापानी, भिषा प्रक्रिया, कागजपत्रको तयारी र जापान पुगिसकेपछि होस्टेलको व्यवस्था, आशिंक समय काम गर्न पाइने व्यवस्था अर्थात् ‘पार्ट टाईप जव’ सम्बन्धी सूचना, जानकारी र परामर्श प्रदान गर्दै आएको छ ।

विदेश अध्ययनका लागि विद्यार्थीको आर्कषण बढेसँगै पोखरामा कन्सल्टेन्सी समेत उत्तिकै छन् । अरु कन्सल्टेन्सीभन्दा विद्यार्थीले अकारुई नै किन रोज्ने जिज्ञासा राख्दा पौडेल भन्छन्, ‘हामीले शून्य लागतमा जापान पठाउँछौं ।’ अर्थात् कन्सल्टेन्सीले यहाँ निशुल्क भाषा प्रशिक्षण गराएर ५ वर्षका लागि शून्य लागतमा विद्यार्थीलाई जापान पठाउने भएको छ । ‘जुलाई इन्टेकका लागि भर्ना सुरु भइसकेको छ, हामीले कक्षा सञ्चालन समेत गरेका छौं ।’ उनले भने । कन्सल्टेन्सीले आफूहरुसँग दक्ष शिक्षकद्वारा प्रशिक्षण गराउने बताएका छ । जसका लागि कन्सल्टेन्सीले जापान बसोबास गरेर नेपाल फर्किएका दक्ष शिक्षकबाट प्रशिक्षण गराउँछ ।

जापानले विदेशी विद्यार्थीका लागि अध्यागमन (इमिगे्रसन) बाट सोधपुछ र दूतावासद्वारा भाषा सम्बन्धी अनिवार्य रुपमा अन्तरवार्ता लिने गरेकोले पनि उच्च शिक्षा अध्ययन गर्न जापान जाने नेपाली विद्यार्थीले नेपालमै १ सय ५० घण्टाको जापानी भाषा सिक्नुपर्ने हुन्छ । जसका लागि कन्सलटेन्सीले बिना कुनै शुल्क भाषा प्रशिक्षण गराउँछ । त्यस्तै आज सम्पन्न सेमिनारमा जापानबाट प्रशिक्षकले विद्यार्थीसंग अन्तरक्रिया गरेका थिए । कन्सल्टेन्सीमा हाल २ जना शिक्षक छन् । पोखरामा सिद्धार्थचोकमा अवस्थित कन्सल्टेन्सीका कार्यालय चितवन, काठमाडौं, कावासोतीमा समेत रहेको छ । साथै कन्सल्टेन्सीले आफूले चाहेको समय आएर विद्यार्थीलाई बुझ्न आग्रह गरेको छ ।

कमेन्टहरु
Loading...