जापानी खेलाडी ओसाकाले जितिन् युएस ओपन ग्राण्डसलाम टेनिसको उपाधि

 

काठमाडौं । जापानी खेलाडी नाओमी ओसाकाले दोस्रो पटक युएस ओपन ग्राण्डसलाम टेनिसको उपाधि जितेकी छन् ।

न्यूयोर्कमा भएको महिलातर्फको फाइनलमा बेलारुसकी भिक्टोरिया अजारेन्कालाई २( १ सेटमा पराजित गर्दै ओसाकाले दोस्रो पटक उपाधि जितेकी हुन् ।

पहिलो सेट ६(१ ले गुमाएपनि ओसाकाले त्यसपछि पुनरागमन गर्दै लगातार दुई सेट जितिन् । उनले ६(३ , ६(३ ले बाँकी सेट आफ्नो पक्षमा पार्दै ट्रफी उचालेकी हुन् ।

सन् २०१३ पछि पहिलो पटक ग्राण्ड्सलामा फाइनल पुगेकी अजारेन्काले उपविजेतामै चित्त बुझाइन् ।

ओसाकाले यसअघि सन् २०१८ मा पनि युएस ओपन जितेकी थिइन् । यस्तै उनले २०१९ मा अष्ट्रेलियन ओपनको उपाधि समेत जितेकी थिइन् । ओसाकाले फाइनल पुगेको तीनवटै अवसरमा उपाधि जितेकी हुन् ।

 

कमेन्टहरु
Loading...