जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

पर्सा l  १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा वीरगञ्ज महानगरपालिका-१६ नगवाटोल बस्ने १९ वर्षीय नितेश कुमार महतोलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

महतोले ती किशोरीलाई १ महिनादेखि बारम्बार फोन गरी मायाप्रेमको झूठो कुरा गरी अनुचित प्रभाव र दबाबमा पारी ललाई फकाई विवाह गर्ने प्रलोभन देखाई मंसिर २३ गते कलेज पढन जाने क्रममा बहुदरमाई नगरपालिका-४ टोल डकैलास्थित आफ्नो दिदीको घर कोठामा लगि मंसिर २६ गतेसम्म पटक-पटक करणी गरेको भन्ने जाहेरी दर्खास्त प्राप्त हुनासाथ खटिएको प्रहरीले महतोलाई वीरगञ्ज महानगरपालिका-१६ नगवाबाट पक्राउ गरेको हो ।

उनी उपर जबरजस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पर्वत, २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मोदी गाउँपालिका-८ चित्रे बस्ने २१ वर्षीया जितेन्द्र नेपालीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जितेन्द्रले ती महिलाको घरमा कोही नभएको अवस्थामा प्रवेश गरी बुधबार बिहान जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी देउपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कमेन्टहरु
Loading...