छात्रवृत्ति कार्यान्वयनका लागी अनेरास्ववियु कास्कीको ध्यानाकर्षण

पोखरा । अनेरास्ववियु जिल्ला कमिटि कास्कीले कक्षा ११ र १२ का विद्यार्थी हरुलाई अनिवार्य रुपमा छात्रवृत्ति उपलब्ध गराउन माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ।

स्थानीय तहहरुले छात्रवृत्ति छनौट परीक्षा नलिएको र बिद्यालयले नै छात्रवृतिमा वेवास्ता र मनोमानी गरेको गरेको भन्दै कमिटीले आइतबार जिल्ला समन्वय समिति कास्की र पोखरा महानगरपालिकालाई ध्यानाकर्षण गराएको हो ।

अनेरास्वबियु कास्की संयोजक विजय पौडेलले तत्कालिन उच्च माध्यमिक शिक्षा परिषदले छनौट परीक्षा लिई बितरण गर्दै आईरहेको छात्रवृत्ति स्थानिय तहको संरचना निर्माणपछि मनोमानी बढ्दै गएको र पोखरा महानगरपालिकाले छनौट परीक्षा नै नलिएको भन्दै त्यस्ता बिकृति बिसंगती तत्काल रोकी विद्यार्थीको हक अधिकार स्थापित गर्न ध्यानाकर्षण पत्र बुझाईएको बताए ।

विद्यार्थीका हक र अधिकारका स्थापित गर्नका निमित्त अनेरास्वबियु सदैव अग्रसर रहदैं आएको बताउँदै अनेरास्वबियु कास्कीका सहसंयोजक सन्तोष पोखरेलले स्थानिय तहले यस विषयलाई गम्भीर रुपमा लिनुपर्ने बताए ।

ध्यानाकर्षण पत्र बुझाउन कास्की अध्यक्ष पौडेलेको नेतृत्वमा, अनेरास्वबियु केन्द्रिय सदस्यहरु अञ्जली लम्साल, महेन्द्र पौडेल, अनु सुवेदी, जिल्ला कमिटिका सह संयोजक सन्तोष पोखरेल सचिव बिनय पराजुली पोखरा महानगरपालिका संयोजक विनोद भण्डारी लगायत पुगेका थिए ।

कमेन्टहरु
Loading...