घरभाडा छुट गरिदिन पुस्तक तथा स्टेशनरी व्यवसायीको माग

गन्थन संवाददाता, पोखरा । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कास्कीले घरभाडा छुट गर्न माग गरेको छ । कोरोनाका कारण व्यवसायमा असर परेको भन्दै घरधनीसँग घरभाडा छुट गरिदिन महासंघ कास्कीले आग्रह गरेको हो ।

व्यवसाय बचाउन कठिन रहेको अवस्थामा व्यवसाय हितका लागि घरधनीले उचीत सम्वोधन गरिदिने कार्यमा सकारात्मक बनिदिन महासंघकाे आग्रह छ ।

यता सरकारले पुस्तक व्यावसायलाई अत्यावश्यक सुचिमा नराख्दा दुख लागेको कास्कीका अध्यक्ष बैकुण्ठ पौडेलले बताए । पौडेलका अनुसार पटक पटक प्रयास गर्दा पनि कुनै सुनुवाई नभएको र विद्यालय भर्ना लिने, अनलाइन कक्षा सन्चालन गर्ने तर पसल बन्द गराउने कार्य भएकोमा खेद प्रकट भएको छ ।

केही विद्यालयले कक्षा कोठामा पुस्तको कारोवार गरेको जुन नेपाल सरकारले रोकेको कुरा स्कुलले नटेरेको हुँदा त्यस्ता स्कुलहरुलाई कारवाहि गर्नुपर्ने माग महासंघले राखेको छ ।

 

कमेन्टहरु
Loading...