ग्यास आपूर्तिमा कुनै समस्या छैनः आयल निगम

काठमाडौं । नेपाल आयल निगमले ग्यासको आपूर्तिमा कुनै समस्या नरहेको र अभाव समेत नहुने स्पष्ट पारेको छ ।

केही दिन अगाडि नेपाल एलपी ग्यास उद्योग संघले कोरोना भाइरसको महामारीका कारण ग्यास आपूर्तिमा असहज परिस्थिति आउन सक्ने भएकाले छिटोभन्दा छिटो ग्यासको खाली सिलिण्डर भर्न भन्दै विज्ञप्ति जारी गरेको थियो ।

सो विज्ञप्तिलाई आधार मान्दै सर्वसाधारणले ग्यासको जोहो गरिरहेका थिए । तर नेपाल आयल निगमले भने संघले भने जस्तो ग्यास आपूर्तिमा कुनै समस्या नभएको र भविष्यमा पनि नहुने स्पष्ट पारेको हो ।

हालको अवस्थामा मुलुकमा ग्याससहित अन्य पेट्रोलियम पदार्थको कुनै समस्या नभएको र भविष्यमा पनि नआउने नेपाल आयल निगमका निर्देशक सुरेन्द्र पौडेलले बताएका छन् । मुलुकमा फेरी पनि लकडाउनको अवस्था सिर्जना भएको अवस्थामा समेत निगमले ग्याससहित अन्य पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्ने उनले स्पष्ट पारे ।

कमेन्टहरु
Loading...