गाईजात्रामा बिदा

सरकारले यही ७ गते गाईजात्राका दिन उपत्यकासँगै मुलुकभरका नेवार समुदायलाई सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले आज एक सूचना जारी गरी मन्त्रिपरिषद्को विहीबारको निर्णयअनुसार काठमाडौँ उपत्यकाका लागि तोकिएको सार्वजनिक बिदाका अतिरीक्त मुलुकभरका नेवार समुदायका लागि सार्वजनिक बिदा दिइएको जनाइएको छ ।

पहिले उपत्यकामा मात्रै सार्वजनिक बिदा दिने गरिएको थियो ।

कमेन्टहरु
Loading...