गण्डकी अटोद्धारा ८८ यूनिट रगत सङ्गलन

पोखरा । गण्डकी अटोमेकानिकल वर्कस एशोसियसनको २७ औं वार्षिक उत्सवको अवसरमा गरिएको रक्तदान कार्यक्रममा ८८ जनाले रत्तदान गरेका छन् ।

कोरोना महामारिकाबीच एशोसियसनका सदस्यहरुको वृहत उपस्थितिमा भएको रत्तदानको पहिलो रक्तदान ऋषि कुमार क्षेष्ठलाई ब्लड व्याग हस्तान्तरण गर्दै रत्तदान अभियान्ता इच्छामान बुद्चार्यले आफु लगायत ७ जनाबाट पोखरामा रत्तदान शुरुवात गर्दा धेरै सामाजिक समस्याहरु व्यर्होनुपरेकोमा आज धेरै सघ–संस्थाहरुले नियमित रत्तदान गर्दा आफुलाई गर्व लागेको बताए ।

सोही कार्यक्रममा ६४ पटक रत्तदान गर्ने एशोसियसनका सल्लाहकार कृष्ण थापालाई रक्तदान अभियानको कदरस्वरुप सम्मान गरिएको थियो ।

कार्यक्रममा गण्डकी अटो डिर्लस एशोसियसनका अध्यक्ष चन्द्र कुवँर, ट्यूव टायर मर्मत एशोसियसनका अध्यक्ष चन्द्रेश्वर बस्ताकोटी, पूर्व अध्यक्ष कुल बहादुर नेपालीले वर्कस व्यवसाय संचालनमा सरकारले वेवास्ता गरेकोले व्यवस्थीत गराउन सहयोग गर्नुपर्ने बताए ।

एशोसियसनका अध्यक्ष सानुमान जलारी, सम्मानित व्यक्तित्व कृष्ण थापा, रत्तसंचार केन्द्रका प्राविधिक महेन्द्र के.सी., वरिष्ठ उपाध्यक्ष किरण कपाली, कार्यक्रम संयोजक सन्तोष मिश्र,महासचिव पुरुषोत्तम भण्डारी कार्यलय सचिव पार्वती बराल लगायतले संस्थाको विविध पक्षमा आ–आफ्नो धारणा राखेका थिए ।

कमेन्टहरु
Loading...