पोखरा, १६ मंसिर/ गण्डकी विकास बैंक लिमिटेडले रुपन्देहीको मानपाकडी, पोखराको मालेपाटन प्रस्याङ्ग तथा लामाचौरमा गरी थप तीन शाखा कार्यालयहरुको विस्तार गरेको छ ।
शाखा कार्यालयहरुबाट औपचारिक रुपमा वित्तीय कारोवार शुभारम्भ गरीएको बैंकले जानकारी दिएको छ । यो संगै बैंकको शाखा सञ्जाल मुलुकभरीका विभिन्न ६२ स्थानमा पुगेको छ ।
बैंकका शाखा कार्यालयहरुबाट विभिन्न प्रकारका निक्षेप परिचालन, विभिन्न प्रकारका कर्जा प्रवाह गर्नुका साथै ग्राहकका लागि आधुुनिक बैंकिङ्ग सेवा प्रदान गरिने जनाईएको छ ।
बैंकले आथिएक वर्ष २०७४/७५ को तेश्रो त्रैयमासमा निक्षेप २० अर्ब ४३ करोड रुपैया पु¥याएको छ भने कर्जातर्फ १८ अर्ब ३२ करोड पु¥याएको छ । बैकका विभिन्न ठाउँमा १५ वटा शाखाहरु थप गर्ने तयारीमा रहेको छ ।
बैकले यसै आर्थिक वर्ष भित्र संचालनमा ल्याउने लक्ष्य लिएको प्रमुख कार्यकारी अधिकृत रेशम वहादुर थापाले जानकारी दिए ।