गगन थापा युवा नेता होइनन् , बालक हुन : मीन बिश्वकर्मा

१५ पुस । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै वाणिज्यमन्त्री मिन विश्वकर्माले राष्ट्रिय सभाको निर्वाचन नभएसम्म नयाँ सरकार गठनको लागि प्रक्रिया नै सुरु नहुने जिकिर गरे ।

त्यस्तै उनले निर्वाचनमा पार्टीले व्यहोरेको पराजयलाई लिएर केही युवा नेताहरुले नेतृत्वबाटै हटाउने भन्नुभएको छ नि भनेर सोधिएको प्रश्नमा जवाफ दिँदै
उनले युवा नेता गगन थापाले सभापतिविरुद्ध दिएको अभिव्यक्ति अहिले आएर सच्याउन थालेको पनि सुनाए ।

उनले भने,‘जसले हिजोका दिनमा सस्तो अभिव्यक्ति दिए, तिनीहरु अहिले आफ्नो अभिव्यक्ति सच्याईसके, उत्ताउलो बन्नु गलत हो, जसले बोल्यो त्यो उत्ताउलो र उच्छृङ्खल अभिव्यक्ति हो, युवाको अभिव्यक्ति थिएन, त्यो त वालक हो।’

कमेन्टहरु
Loading...