खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा दीनानाथ बराल निर्वाचित

पोखरा । खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा दीनानाथ बराल निर्वाचित भएका छन् । मञ्चको शनिबार सम्पन्न तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशनबाट बराल अध्यक्षमा निर्वाचित भएका हुन् । कुल ४९ मत खसेकोमा अध्यक्षका प्रतिस्पर्धी रञ्जन अधिकारीलाई ९ मतले पछाडी पार्दै बराल निर्बाचित भएका हुन् । बिजयी बरालले २९ मत प्राप्त गरेका थिएभने पराजित अधिकारीले २० मत प्राप्त गरेका थिए ।

अध्यक्षबाहेक अन्य पदहरुमा भने सर्वसम्मत नेतृत्व चयन भएको छ । मञ्चको उपाध्यक्षमा सुरज श्रेष्ठ, महासचिवमा राजाराम पौडेल, सचिवमा शशीकुमार पौडेल र कोषाध्यक्षमा कविता घर्ती मगर चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा दीपकराज मुल्मी, नारायण शाही, उमेश पुन, मानबहादुर घर्ती (एमबी आस्था) र राजु गिरी निर्विरोध चयन भएका छन् ।

कमेन्टहरु
Loading...