खगराज अधिकारी गृह मन्त्री बन्लान कि संचार मन्त्री ?

पोखरा\संघिय सरकारमा कास्कीबाट प्रतिनिधि सभा क्षेत्र नं. १ बाट निर्वाचित खगराज अधिकारी मन्त्री बन्ने लगभग पक्का भएको स्रोतको दावी छ । अधिकारीले कुन मन्त्रालयको जिम्मेबारी लिने भन्ने कुराको निर्णय नभईसकेको एक नेताले बताए । ती नेताका अनुसार अधिकारी गृह मन्त्री वा संचार मन्त्री बन्ने संभाबना रहेको छ । तर अधिकारीको रोजाँईमा भने गृहमन्त्रालय रहेको स्रोतको दावी छ ।
यसभन्दा अघि पनि अधिकारीले स्वास्थ्य मन्त्रालयको जिम्मेबारी बहन गरिसकेका थिए । अहिले बन्ने सरकारमा गण्डकी प्रदेशबाट अन्य कोहि पनि सहभागि नबनेको हुँदा अधिकारीको मन्त्री हुने संभाबना उच्च रहेको छ ।

कमेन्टहरु
Loading...