कौडा खेलिरहेको अवस्थामा १३ जना पक्राउ

काठमाडौं / काठमाडौं महानगरपालिका–६ रामहिटीस्थित प्रेम बहादुर भण्डारीको घरमा कौडा खेलिरहेको अवस्थामा १३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

घरको तेस्रो तलामा जुवातास खेलाइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट नगद ३ लाख ९७ हजार रुपैयाँ र १९ थान कौडा बरामद गरिएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कमेन्टहरु
Loading...