कोरोना संक्रमित कांग्रेस नेता कुँबरलाई उपचारका लागि काठमाडौं लगियो

पोखरा । नेपाली कांग्रेसका नेता रामजी कुँबरलाई उपचारका लागि काठमाडौं लगिएको छ ।

कोरोना संक्रमण भै लेकसाइड स्थित निवासमामा रहेका कुँबरलाई थप उपचारका लागि हेलिकोप्टरबाट आईतबार काठमाण्डौं लगिएको हो।

कुँबरको काठमाण्डौंस्थित शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भैरहेको छ ।

‘नेपाली कांग्रेस केन्द्रिय पूर्व आमन्त्रित सदस्य,ट्रेडयुनियन काँग्रेसका पूर्व वरिष्ट उपाध्यक्ष तथा वरिष्ट नेता पोखरा मानपाको कांग्रेसका मेयर प्रत्यासी रामजी कुँवर ज्यू टिचिङ हस्पिटल उपचाररत हुनुहुन्छ, वहाको शिघ्र स्वास्थलाभको हार्दिक शुभकामना व्यक्त गर्दछु।’,कास्की कांग्रेस सभापति कृष्ण केसीले फेसबुकमा लेखेका छन् ।

कमेन्टहरु
Loading...