कोरोनाबाट मृत्यु भएकाको अंग निकालिने भन्दै गलत हल्ला फिजाउने १ जना पक्राउ

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट मृत्यु भएका व्यक्तिको शरीरका विभिन्न अंग निकालिन्छ भन्दै हल्ला फैलाउने १ जना पक्राउ परेका छन् । प्रहरीले ललितपुरको ढोलाहिटीमा आयुर्वेद क्लिनिक सञ्चालन गर्दै आएका सुवास लिम्बुलाई पक्राउ गरेको हो । उनले आफूलाई प्राकृतिक चिकित्सक बताउँदै कोरोना भाइरस संक्रमण भएर मृत्यु भएका व्यक्तिको शरीरका अंग निकालिने भन्दै युट्युब च्यानललाई अन्तरवार्ता दिएका थिए । कोरोना भाइरस संक्रमणबाट मृत्यु भएकाको शरीरबाट अंग निकालिन्छ भन्ने गलत हल्ला फैलाएकाले पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले बताएका छन् ।

कमेन्टहरु
Loading...