कास्की प्रहरीले अक्सिन ग्यासको सिलिण्डर खोज्यो

पोखरा/कोरोना संक्रमण बढेसँगै देशभर अक्सिजन ग्याँस सिलिण्डरको अभाव भएको छ । पोखरामा पनि अक्सिजन अभाव हुनसक्ने अवस्थालाई आकलन गरि कास्की जिल्ला प्रहरी कार्यालयले बिभिन्न कम्पनीका अक्सिजन ग्याँस सिलिण्डर खोजेर कोरोना संक्रमण सकिएपछि सम्बन्धीत कम्पनीलाई हस्तान्तरण गरेको छ ।

कास्की प्रहरीले पोखरामा रहेको मेटल कम्पनी, वर्कसप, ईन्जिनियरिङ वर्कसप, मोटर ग्यारेज, ग्यास वेल्डिङ तथा अन्य कम्पनीहरु संग रहेका अक्सिजन ग्यास १८७ सिलिण्डरहरु पछी सम्बन्धित संस्था तथा कम्पनीहरुलाई नै फिर्ता गर्नेगरि कोरोना संक्रमितको उपचारमा संलग्न अस्पताललाई हस्तान्तरण गर्ने बताएको छ ।
साथै कास्की जिल्ला प्रहरीले कतै ग्यासको सिलिण्डर खालि भए सम्पर्क गर्न समेत आग्रह गरेको छ ।

कमेन्टहरु
Loading...