कास्की प्रशासनको आदेश , ‘दर्शनका लागि मन्दिर नखोल्नु , आफु बसेकै ठाउँमा दशै मनाउनु’

पोखरा । जिल्ला प्रशासन कार्यलय कास्कीले कोभिड संक्रमण बढ्न सक्ने तर्फ सचेत गराउँदै जिल्लामा रहेका मठ मन्दिर दर्शनमा रोक लगाएको छ ।

प्रशासन कार्यलयले असोज ३० गते सूचना जारी गर्दै घटस्थापना देखी नवमीसम्म कुनैपनि मठ मन्दिर र शक्तिपिठमा नित्य कर्म बाहेक दर्शन नगर्न नगराउन आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालद्धारा जारी सूचनामा दशै, तिहार , छठ जस्ता पर्वमा जस्ता चाडवाडमा आवगमनका कारण भिडभाड बढ्ने तर्फ सचेत गराउँदै आफु बसेकै ठाउँमा चाडपर्व मनाउन आग्रह समेत गरिएको छ ।

यस्तै लक्षण नभएका कोरोना संक्रमितहरु बाहिर हिडडुल गरेको सूचना प्राप्त भएको भन्दै अनिवार्य होम आइसोलेशनमा बस्न समेत आग्रह गरिएको छ । पोखरामा शुक्रवार ७ जना संक्रमित गलत विवरण टिपाएर फरार भएका छन् ।

कमेन्टहरु
Loading...