कास्कीकोटका सुवेदीको महत्वपूर्ण कागजात सहितको पर्स फेला पर्‍यो, सम्पर्कका लागि अनुरोध

पोखरा । पोखरा महानगरपालिका वडा नं. ५ स्थित फिर्के खोला छेउको सडकमा सवारी चालक अनुमतिपत्र, ब्लुबुक, एटिएमकार्ड सहितको पर्स फेला परेको छ । आज डिपिएल युथ टिम गण्डकीले विरुवालाई गोडमेल गर्ने कार्य गरिरहदा सडक छेउमा उक्त पर्स फेला परेको हो ।

चिन्नुहुने महानुभावले यो खबर पुराइदिन र सम्पर्क गर्न डिपिएल युथ टिम गण्डकीका अध्यक्ष बसन्त गिरीले आग्रह गरेका छन् । भेटिएको कागजातसहितको पर्स लिनका लागि गिरीको फोन नं. ९८५६०२२७२० मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

फेला परेको कागजातमा कास्कीकोट निवासी सचिन सुवेदीको र हालको ठेगाना पोखरा ८ को रहेको छ ।

 

कमेन्टहरु
Loading...