कालापानी क्षेत्रका नेपाली गाउँमा उत्तराखण्डका गभर्नरको भ्रमण

उत्तराखण्डका गभर्नर लेफ्टिनेन्ट जनरल गुरमित सिंहले भारत सरकारले अतिक्रमण गरेको नेपाली भूभाग गुंजी, नाबी र कुट्टी क्षेत्रको भ्रमण गरेका छन् । भ्रमणका अवसरमा सिंहले सुरक्षा निकाय र स्थानीयवासीसँग भेट गरेका थिए ।

बोडर रोड्स अर्गनाइजेसन (बीआओ) अन्तर्गतको सीमा सडक निर्माणका गतिविधि अवलोकनका क्रममा सिंह अंग्रेजी नयाँ वर्षको पहिलो दिन शनिबार सो क्षेत्रको भ्रमण गरेका हुन् ।

सो क्षेत्रलाई भारतले आफ्नो दाबी गर्दै आएको छ । साे अवसरमा टाढाको गाउँमा र बीआरओ पोस्टमा पहिलो पटक पुग्दा आफूलाई खुसी लागेको उनले बताएका थिए ।

सो अवसरमा लेफ्टिनेन्ट सिंहले बीआओले सीमा क्षेत्रको पूर्वाधार विकासमा ठूलो कार्य गरेको दाबी गरेका थिए ।

कमेन्टहरु
Loading...